संगीत । गीतकार डीपी दाहाल ‘परिश्रमी’को रचनामा नयाँ गीत ‘मायाको घरबार’ सार्वजनिक भएको छ । डिलाईटेड नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गीतमा पुरुषोतम सुबेदी र अस्मीता अधिकारीले स्वर दिएका छन् भने संगीत पनि पुरुषोतमकै रहेको छ ।
गीतमा मायाको घर बसाउने भाव समेटिएको छ । मायाप्रीतिकै कथावस्तु रहेको गीतमा नायिका केकी अधिकारी र पुष्प खड्का लगायतको अभिनय गरेका छन् । ह्वाइट मिडियाको निर्माण संयोजन रहेको यस भिडियोमा अर्जुन तिवारीको छायाङ्कन रहेको छ भने कोरीयोग्राफी प्रबिन थापा र सम्पादन, तथा निर्देशन शक्तिप्रज्वल घिमिरेले गरेका छन् ।
कमेन्ट गर्नुहोस्










