खगेन्द्रको नयाँ फिल्म ‘नन्दुलाल’ ?

फिल्म । नेपाली फिल्म निर्माणमा सुवास गिरी निर्माताको रुपमा परिचित छन् । ‘हो यहि माया हो’ मार्फत निर्माताको रुपमा उदाएका सुवासले त्यसपछि नोभेम्बर रेन , क्लासिक , कृ र पर्व निर्माण गरिसकेका छन् । तर यतिबेला सुवासले आफुले निर्माण गरिरहेको फिल्मको प्याटर्न बदल्ने भएका छन् ।

उनले सोसाल ड्रामा निर्माण गर्ने र निर्देशन गर्ने चर्चा छ । उनको फिल्मको कथालाई खगेन्द्र लामिछानेले लेखिरहेका छन् । खगेन्द्र आफै पछिल्लो समय आफ्नो डेब्यु निर्देशकीय फिल्म ‘पानीफोटो’ मा व्यस्त भएकोले यसको काम अगाडी बढ्न सकेको छैन ।

बुझीए अनुसार यतिबेला खगेन्द्र ‘पानीफोटो’ को टिम सहित अन्तीम तयारीमा छन् । सुवास इन्टरटेन्मेन्टको व्यानरमा बन्ने फिल्मको छायाँकन आउँदो माघबाट हुने तयारी छ भने यसको वर्किंग टाइटल ‘नन्दुलाल’ राखिएको छ ।

कमेन्ट गर्नुहोस्