ऋचाको एप ‘चलचित्र टीभी’

62 Shares

फिल्म । अभिनेत्री ऋचा शर्माले ‘चलचित्र टीभी’ नामक एप ल्याउँदै छिन् । असार १० गते यो एप सार्वजनिक गर्ने तयारीमा रहेकी ऋचाले एप मार्फत ‘छक्का पन्जा ३ र ‘छ माया छपक्कै’ रिलिज गर्ने तयारीमा छिन् ।

‘छक्का पन्जा ३ र ‘छ माया छपक्कै’ दुवै फिल्म नायिका ऋचा शर्माले किनेकी हुन् । दुवै फिल्मका लागि हाल १०–१० लाख रुपैयाँ एड्भान्स रकम भुक्तानी दिइएको छ। युट्युबमा सार्वजनिक नभएका यी दुवै फिल्म दर्शकले एप डाउनलोड गरेर केही रकम तिरेपछि हेर्न सक्नेछन्।

कोरोना महामारीका कारण भएको लकडाउनको अवधिमा डिजिटल माध्यमबाट फिल्म हेर्ने दर्शकको संख्या विश्वभर ह्वात्तै बढेको छ। ऋचाले पनि खाली समयको सदुपयोग गर्दै नयाँ काम थालेकी हुन्। उनी नयाँ कामले उत्साही छिन्।

कमेन्ट गर्नुहोस्