विवादित बन्दैछन् भुवन

फिल्म । भुवन केसी चलचित्र विकास बोर्डमा अध्यक्ष बनेदेखि नै विवादमा फसिरहेका छन् । आफ्नै निर्णयमा घुडा टेक्न बाध्य हुने भुवन अर्को विवाद निम्त्याउने निर्णय गरेका छन् । यसै साता उनले बोर्ड अन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तीकरण समिति सदस्यमा पुजा शर्मालाई नियुक्त गरेर विवाद निम्त्याएका हुन् । यसका साथै उनले पछिल्लो समय मानव तस्करको आरोप खेपिरहेको सुर्य कर्पोरेशनलाई बोर्डको युएईमा हुने कार्यक्रम दिएर अर्को विवाद निम्त्याएका हुन् । यी दुई निर्णयको विरोध चौतर्फी छ ।

बलात्कार पीडित गायिकाविरुद्ध मिडिया र सामाजिक सञ्जालमा सक्रिय हुँदै बलात्कारका आरोपी पल शाहको पक्षमा पटक पटक उभिएकी शर्माले पीडित गायिकालाई समेत थप पीडा पुर्‍याएकी थिइन् । त्यस्तो व्यक्तिले महिलाका लागि कसरी काम गर्न सक्छ भनेर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।आफ्नै अभिव्यक्तिका कारण विवादमा पर्ने पुजाले बोर्डबाट प्राप्त जिम्मेवारी निर्वाह गर्न नसक्ने बुझाई आम मानिसमा छ । यस्तै, मानव तस्करीको आरोप लगिरह्दा बोर्ड अन्तर्गत हुने भनिएको फिल्म फेस्टिभलको व्यवस्थापनको जिम्मा सुर्य कर्पोरेशनले पाएपछि यसको समेत विरोध भइरहेको छ ।

कमेन्ट गर्नुहोस्