फिल्म । शुक्रबार रिलिज भएको इरफान खान तथा करिना कपुर स्टारर फिल्म ‘अंग्रेजी मिडियम’ लिक भएको छ। फिल्म हाइडेफिनेस्न भिडियो(एचडी)मा नै लिक भएको हो । भारतीय संचारमाध्यमका अनुसार तमिलरकर्स र टेलिग्राम मार्फत लिक भएको हो ।
बढ्दो कोरना भाइरस संक्रमणलाई ध्यानमा राख्दै फिल्म भारतका केरल, दिल्ली र जम्बुकश्मिरमा रिलिज भएको थिएन । सरकारले हलहरू मार्च ३१ सम्मका लागि बन्द गरेकाले त्यहाँ फिल्म रिलिज भएको छैन। लिक भएका कारण निर्माताहरूको हल खुलेपछि त्यहाँ गर्ने भनेको रिलिजलाई प्रत्यक्ष ठूलो असर पार्ने देखिएको छ ।
हिन्दी मेडियमकै टिमको निर्माण रहेकाले यो प्रतिक्षित रहेको थियो । यसमा इरफान बाबुको भूमिकामा छन् भने राधिका मोहनले छोरीको भूमिका निभाएकी छन् । फिल्ममा करीना कपूर खान, दीपक डोबरियाल, डिम्पल कपाडिया, रणवीर शौरीको पनि अभिनय रहेको छ । फिल्मलाई होमी अदजानियाले निर्देशन गरेका हुन् । (एजेन्सी)