कात्तिकमा ‘ह्रस्व दीर्घ’

फिल्म । जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसर पारेर फिल्म ‘ह्रस्व दीर्घ’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको प्राविधिक काम नसकिने भएपछि नयाँ मिति कात्तिक ३० गतेलाई घोषणा गरिएको छ । अभिनेत्री नीता ढुंगानाले फिल्मको काम हतारमा गर्न नचाहेकाले नयाँ मिति तय गरेको जानकारी दिईन् ।

दर्शकलाई एउटा पुर्ण रुपमा मनोरञ्जन दिने उद्देश्यले प्राविधिक काममा कुनै कम्प्रमाइज नगरिएको अभिनेता हरिहर अधिकारीले बताए । नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । यसमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई भारतीय सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । यसलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यो फिल्म नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ ।

कमेन्ट गर्नुहोस्