सेप्टेम्बरमा ‘केजिएफ २’ ?

फिल्म । सन् २०१८ को डिसेम्बरमा रिलिज भएको फिल्म ‘केजीएफ’ मार्फत स्टार बने यश । फिल्मको ट्रेलर देखि नै चर्चामा रहेका यशले रिलिजपछी फ्लोअर्स बढाउँन सफल भए । फिल्म मार्फत उनको स्टारडम बढिरहदा यसको सिक्वेललाई लिएर फ्यान प्रतिक्षित छन् । ‘केजीएफ’ को सिक्वेलको प्रतीक्षा रहेका फ्यानहरुले सार्वजनिक टिजर मन पराइसकेका छन् ।

फिल्मका हिरो यशको जन्मोत्सवको अवसर पारेर सार्वजनिक गरिएको टिजरले विभिन्न रेकर्ड समेत बनाइसकेको छ । फिल्म जुलाईमा रिलिज हुने निर्माण पक्षले बताएका थिए । यद्दपी भारतमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछी फिल्म रिलिज प्रभावित बनिरहेको छ । जुलाईको रिलिजलाई केहि पछी सार्दै सेप्टेम्बरमा रिलिज गर्न सक्ने अनुमान गरिएको छ ।

भारतीय ट्रेड एनालिस्ट सुमित कडेलले ट्विट गर्दै फिल्म सेप्टेम्बरमा आउने अनुमान गरेका छन् । अन्य केहि मिडियाहरुले पनि भारतमा कोरोना भाइरसको तेस्रो लहरको असर नपरे सेप्टेम्बरमा फिल्म रिलिज गर्ने तयारीमा निर्देशक प्रशान्त नील रहेको उल्लेख गरेका छन् । यसको पहिलो भागलाई दर्शकले निकै रुचाएका थिए भने दोस्रो भागको व्यग्र प्रतीक्षामा छन् ।

फिल्मको कुरा गर्ने हो भने सिक्वेललाई प्रस्ट्याउने केहि झलक पहिलो च्याप्टरमै रहेकाले च्याप्टर २ को प्रतिक्षा बढिरहेको हो । सिक्वेलमा यश झनै शक्तिशाली देखिनेछन् भने उनले एक्सनमा नयाँ स्ट्न्ड गर्नेछन् । यसमा यशसँगै श्रीनिधि शेट्टी पनि मुख्य भूमिकामा हुनेछिन् । सिक्वेलमा बलिउडका बाबा अर्थात् संजय दत्त पनि देखिनेछन् । उनले भिलेनको भूमिका निर्वाह गर्नेछन् । फिल्म च्याप्टर फस्ट झैँ पाँच भाषामा रिलिज हुनेछ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्