फिल्म । फिल्म ‘पोई पर्यो काले’को शिर्ष गीतको छायांकन भएको छ । गीतको छायाँकनको क्रममा फिल्मका चारै कलाकार नायक सौगात मल्ल, आकाश श्रेष्ठ, साथमा नायिकाद्धय पूजा शर्मा र श्रृष्टी श्रेष्ठले कम्मर मर्काइरहेका थिए । गीतमा सोहित मानन्धर पनि फिचर्ड छन् । कोरियोग्राफर रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्मको गीतको छायाँकन चलचित्र विकास कम्पनि बालाजुमा भएको हो ।
छायांकार शिव ढकालले आकर्षक सेट र कलाकारलाई क्यामेरामा कैद गरेका हुन् । शिशिर राणाको लेखन तथा निर्देशनमा बनेको फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । यसमा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ । अमलादेवी राई यसकी कार्यकारी निर्माता हुन् । छायाँकन भएको शिर्ष गीतमा अर्जुन पोखरेलको संगीत, रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर, नृपेश उप्रेतीको शब्द छ ।
कात्तिक ८ गतेबाट रिलिज हुने फिल्मको यो गीत एउटा पुजामा घन्किने बुझिएको छ । फिल्मका निर्देशक राणा र प्रस्तुतकर्ता नेपाली कथावस्तु, टिम बलियो भएकाले ढुक्क छन् । यसैले दिल खोलेर लगानी गरेको किरण बताउँछन् ।










