‘झ्याम पुतली’ मा सुनिल (भिडियो)

संगीत । नेपाली फिल्मनगरीमा ‘राते काईला’ को उपनामले स्थापित सुनिल थापाले म्युजिक भिडियोमा अभिनय गरेका छन् । फिल्ममा भिलेनको रुपमा देखिदै आएका सुनिल भिडियोमा पनि त्यहि अन्दाजमा देखिदैछन् । उनले अभिनय गरेको भिडियोको गीतमा उनलाई ‘बोस’ को रुपमा चित्रण गरिएको अनुमान लगाउन सकिन्छ । संवत उनि पहिलो पटक हिपहप गीतमा देखिएका हुन् ।

‘झ्याम पुतली’ बिलको हिपहप गीतमा साइक्लोनिक अर्थात बिधान रेशमी मगर र नेपालको फास्ट र्यापरको परिचर बनाएका बुलेट फ्लो अर्थात सुरज बिक्रम थापाले तयार पारेका हुन् । यी दुइ समेत भिडियोमा फिचर्ड छन् । यसको अडियोलाई क्रोनिक बिटले तयार पारेको हो भने यसको भिडियोलाई बेस्मेन्ट स्टुडियोले । भिडियोमा इन्टा चाम्लिङ राईको कोरियोग्राफी रहेको छ । भिडियोको सार्वजनिक गीतलाई अन्तराष्ट्रिय लेभलको बनाउने प्रयाश गरिएको अनुमान लगाउन सकिन्छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजानिक गरिएको गीतमा आफु अभिनय गर्न पाउँदा निकै खुसि रहेको सुनिलले बताए ।

‘गीतको एउटा हिस्सा हुन् पाउँदा निकै खुसि छु’ उनले भने ‘गीतलाई स्टाइलिस् बनाउने कोसिस गरिएको छ ।’ सुनिलले भिडियोमा अभिनय गर्न तयार हुँदा आफुहरु उत्साहित भएको विधानले बताए । ‘हामीलाई एउटा बोस क्यारेक्टर चाहिएको थियो त्यो मैले सुनिल सरमा पाए’ उनले भने । उनले यो हिपहप गीतलाई एउटा स्तरीय गीत बनाउने कोसिस गरेको जनाए । गीतमा र्यापरको रुपमा रहेका सुरजले गीतलाई अन्य भन्दा भिन्न बनाउने कोसिस गरिएको बताए ।

कमेन्ट गर्नुहोस्