तीज लक्षित ‘घर झगडा’ सार्वजनिक

संगीत । आउँदो तीजलाई लक्षित गर्दै नयाँ तीज भाका घर झगडा सार्वजनिक भएको छ । यो गीतलाई सञ्चारकर्मी तथा गीतकार प्रदीप कँडेलले बजारमा ल्याएका हुन् । अहिलेका चर्चित लोकगायक पशुपति शर्मासँगै शर्मिला गुरुङ, यज्ञ सापकोटा, सलिना अधिकारी र कल्पना सिग्देलको स्वर रहेको गीतमा यज्ञ सापकोटाको संगीत र कृष्ण केसीको संगीत संयोजन रहेको छ ।

सार्वजनिक गीतको भिडियोलाई मदन खड्काले निर्देशन गरेका हुन् । भिडियोमा लक्ष्मी गिरी, रामचन्द्र अधिकारी, अनिता बस्नेत, सुनिल खनाल, जिया अर्याल, इश्वर भन्डारी, खेम, गोमलगायतको अभिनय छ । गीतलाई बीरेन्द्र भट्टले खिचेका हुन् । जसलाई अविनास डिसीको सम्पादन छ ।

कमेन्ट गर्नुहोस्