‘समर लभ’ को सया सार्वजनिक (भिडियो)

फिल्म । फिल्म ‘समर लभ’ मा समावेश पहिलो गीत ‘साया’ सार्वजनिक गरिएको छ । युवा लेखक सुबिन भट्टराईद्वारा लिखित चर्चित पुस्तक ‘समर लभ’ मा आधारित यसफिल्मको गीतमा अतितले सायाको प्रेमको चर्चा गरेका छन् । आशिष पिया , रेवती क्षेत्रीले यसै फिल्म मार्फत नेपाली फिल्ममा डेब्यु गर्दैछन ।

यसमा आशिष ‘अतित’ र रेवती ‘साया’ को भूमिकामा छन् । सार्वजनिक गीतमा पुष्पन प्रधानको शब्द र संगीत रहेको छ भने गायनमा पनि पुष्पन र बानिका प्रधान रहेकीछिन् । यस फिल्मलाई ‘नाइँ नभन्नू ल ३’ निर्देशक मुस्कान ढकालले निर्देशन गरेका हुन् । गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने फिल्मको संवाद सुबिन र सामीप्य मिलेर लेखेका छन् ।

नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् । स्वपन सरकार र मनोज बिक सहनिर्माता रहेको फिल्ममा एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् । फिल्ममा पुष्पन प्रधानको संगीत रहेको छ भने फिल्मलाई सञ्जय लामाले छायांकन गरेका हुन् । अर्जुन जिसीले सम्पादन रहेको ‘समर लभ’मा स्वपन सरकार र मनोज बिक सहनिर्माता र एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् ।

कमेन्ट गर्नुहोस्