दश वर्षमा आमिरको दुई फिल्म फ्लप !

बलिउड । अभिनेता आमिर खान बलिउडमा सफल कलाकार मानिन्छन । यिनले अभिनय गर्ने फिल्मले दर्शकको मन जित्दै आएका छन् । चाहे पिके होस् या दंगल यिनलाई दर्शकले मात्र हैन क्रिटिक्सले पनि तारिफ गर्दै आएका छन् । पछिल्लो समय आउदो दिपावलीमा रिलिज हुने तयारीमा रहेको फिल्म ‘ठ्ग्स अफ हिन्दोस्तान’ मार्फत रेकर्ड बनाउने कोसिसमा रहेका आमिरको दश वर्ष यता २ फिल्म फ्लप भएका छन् ।

आमिरले दश वर्षमा ८ फिल्ममा अभिनय गरेका थिए , जसमा दुई फिल्म फ्लप भयो । ति हुन् , धोबिघाट र तलास । यी फिल्मले लगानीको तुलनामा केहि मुनाफा समेत कमाए तर पनि फिल्मलाई बक्स अफिसमा फ्लप नै मानियो । मिस्टर पर्फेक्ट भनिने आमिरले पनि यी फिल्मलाई राम्रो बनाउन चुकेका थिए । धोबिघाटको थिमलाई उनका फ्यानले रुचाएनन् भने तलासलाई विधा बालनको फिल्म ‘कहानी’ सँग तुलना गरियो । यसैले गर्दा आमिरले दुई फिल्मलाई सफल त बनाउन सकेनन नै दर्शकले समेत रुचाएनन् ।

कमेन्ट गर्नुहोस्