‘२१ औँ वार्षिकोत्सव’ मनाउदै चलचित्र पत्रकार

फिल्म । विभिन्न माध्यमबाट रङ्ग पत्रकारितामा आवद्ध रहेका पत्रकाहरुको छाता सङ्गठन चलचित्र पत्रकार संघ , नेपालले आज २१ औँ वार्षिकोत्सव मनाउने भएको छ । संघका अध्यक्ष दिनेश सिटौलाले शुभकामाना संदेश जारी गर्दै डिजिटल पल्टफर्मको माध्यमबाट यसपटक चलचित्र पत्रकारिता दिवस मनाउन लागिएको जानकारी दिनु भएको छ । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) का कारण सिर्जित परिस्थितिको कारण यसपटक डिजिटल माध्यमबाट पत्रकारिता दिवस मनाउन लागिएको हो ।

विक्रम संवत २०५६ साल जेठ ७ गते भरतकुमार शाक्यको अध्यक्षतामा गठित संघलाई जिल्ला प्रशासन कार्यालय काठमान्डौमा दर्ता गरिएको थियो । त्यसपछि हरेक वर्ष गठन भएको दिन जेठ ७ गतेलाई स्थापना दिवसको रुपमा संघले मनाउदै आएको छ । साथै , संघले स्थापना दिवसकै अवसर पारेर सम्मान , पुरस्कार तथा प्रोत्साहन पुरस्कार पनि प्रदान गर्दै आइरहेको छ । त्यसलाई बढाउदै आगामी दिनमा मोफसलमा रहेका पत्रकारलाई पुरस्कृत गर्ने उदेश्यले ‘मोफसल पत्रकारिता पुरस्कार’ लाई समेत निरन्तरता दिने भएको छ ।

नेपाल पत्रकार महासंघको एसोसिएट संस्थाको रुपमा रहेता पनि संघको आफ्नै शाखाहरु ६ वटा रहेको छ । मोफसलमा पोखरा , चितवन , हेटौडा , बुटवल , दाङ र इटहरीमा संघको शाखा रहेको छ । शाखा विस्तारलाई समेत आउँदा दिनमा निरंतरत दिने समेत संघले जनाएको छ । ‘डिजिटल माध्यमको विकाससँगै पत्रकारितामा चुनौती थपिएको छ । यसलाई अनुसासित र प्रभावकारी बनाउदै लाने हाम्रो प्रयत्न छ’ अध्यक्ष सिटौलाले भने ।

कमेन्ट गर्नुहोस्