विपिन किङ्ग बनेपछि (भिडियो)

15 Shares

फिल्म । अभिनेता विपिन कार्कीलाई किङ्ग अवतारमा प्रस्तुत गरिएको फिल्म ‘सेल्फी किङ्ग’ को टिजर सार्वजनिक गरिएको छ । माघ २४ मा प्रदर्शनमा आउने फिल्ममा विपिनलाई ‘मपाई’ स्वरूपमा चित्रित छन् । ‘सेल्फी किङ्ग’ नामले परिचित एक चर्चित हाँस्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा यसमा देखाइनेछ ।

ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको फिल्मलाई बिशाल सापकोटाले निर्देशन गरेका हुन् । उनको यो डेब्यु फिल्म हो । यसमा शिर्ष भूमिकामा विपिनको अभिनय रहेको छ । विपिनसंगै फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले एक गीतमा अभिनय गरेकी छिन ।

गत वर्षको सफल फिल्म ‘प्रसाद’ का निर्माता सुभाष थापा र निर्देशक दिनेश राउतले संयुक्त रुपमा निर्माणमा तयार फिल्ममा बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पोखरेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहेको छ । यसमा सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला रहेका छन् ।

कमेन्ट गर्नुहोस्