फिल्म । अनमोल केसी अभिनित पछिल्लो फिल्म ‘ ए मेरो हजुर ३’ पछी यतिबेला उनले कुनै फिल्ममा काम गरेका छैनन् । केहि समय विश्राम लिएका अनमोल यतिबेला साम्तेन भुटियाको निर्देशनमा बन्ने फिल्म ‘धुपौरे’ मा अनुबन्ध भइसकेका छन् । उनले यतिबेला तयारी समेत गरिरहेका छन् । अनमोललाई लिएर साम्तेनले फिल्म घोषणा गरेसँगै यतिबेला यसको वितरक फाइनल भएका छन् ।
फिल्मलाई उपत्यकामा रिच इन्टरटेनमेन्ट अर्थात् करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनिले वितरण गर्ने सम्झौता भएको छ । वितरण सम्झौता भएपनि फिल्म कहिले प्रदर्शनमा आउने भन्ने विषयमा भने टुङ्गो लागिसकेको छैन । यद्दपी सबैको अनुमान यो फिल्म आउँदो चैत्र २८ मा आउने छ । बुझीए अनुसार उनलाई अहिलेसम्मकै महँगो पारिश्रमिकमा अनुबन्धित गरिएको हो । डार्क एक्सन-लभस्टोरी जनरामा निर्माण हुने फिल्ममा जयन श्रेष्ठ निर्माता रहेका छन् भने रुपेन्द्र खड्गी प्रस्तुतकर्ता । जेएस इन्टरटेनमेन्ट र फिल्म नेपालको संयुक्त व्यानरमा फिल्म निर्माण हुनेछ ।
धुपौरे भन्नाले केहीको पछि लाग्ने वा काम बनाउन नसकेको , दाउ छोप्ने जस्तो बुझिन्छ । फरक धारका फिल्म बनाउने निर्देशकको रुपमा चिनिएका साम्तेनको नयाँ फिल्म ‘च च हुई’ आउँदो मंसिर ६ गते प्रदर्शनमा आउँदैछ । त्यसपछि ‘धुपौरे’ फ्लोरमा जानेछ । बुझीए अनुसार यो फिल्मको छायाँकन मङ्सिर २० बाट सुरु हुनेछ । फिल्मको लागि नायिकाको समेत खोजि भईरहेको छ ।










