सौन्दर्य । ‘नेपाल फेशनिस्टा २०२४’ सम्पन्न भएको छ । अगस्ट १७ मा पोखरा आयोजना गरिएको उक्त कार्यक्रमले नेपाली फेशनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण योगदान आयोजकको विश्वास छ ।
कार्यक्रममा मोडल तथा कोरियोग्राफर प्रशान्त ताम्राकार ,कलाकार एवम् नाट्यकर्मी अनुप बराल, निर्देशक घनश्याम लामिछाने लगायतको उपस्थिति रहेको थियो । नेपाल फेशनिस्टाको यो दोस्रो संस्करण हो । कार्यक्रममा २० जना महिला र पुरुष मोडलले विभिन्न पहिरनमा र्याम्प वाक गरेका थिए । यो कार्यक्रमले नेपाली फेसन डिजाइनर, मोडल र फेशन प्रेमीहरूलाई विश्व मञ्चमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ।
कमेन्ट गर्नुहोस्












