दयाहाङ राई : १० दिनमा तिन कार्यक्रम

फिल्म । अभिनेता दयाहाङ राईको अभिनय मन नपराउने कमै छन् । उनि अभिनयकै कारण थिएटर हुदै फिल्ममा स्थापित भए । गोप्ले र काजी जस्ता क्यारेक्टर मार्फत उनि आम दर्शक माँझ स्थापित भएका छन् । तर पछिल्लो समय अवस्था त्यस्तो छैन । यसमा दयाले धेरै फिल्ममा अभिनय गरेको र कथा छनौट गर्न नसकेको पनि आरोप लाग्ने गरेको छ ।

त्यस्तो दयाको पछिल्लो गतिविधिले पनि यस्तै नदेखाउने होइन । गत १० दिनमै उनका ३ फिल्मको फस्टलुक र रिलिज डेट घोषणा तथा गीत रिलिज भएको छ । साइलीको गीत तथा आप्पा र दयारानीको फस्टलुक र रिलिज डेट १० दिन भित्रै घोषणा भएका छन् । उनले पछिल्लो कार्यक्रममा अझै ९ फिल्म बाकीं रहेको बताए ।

‘मैले कम फिल्म खेल्ने भनेको हु तर कुरा भईसकेको या तयार भईसकेको फिल्म हुन् धेरै’ दयाले आफ्नै अडानलाई प्रस्ट्याउदै भने ‘अब कम फिल्म नै गर्छु तर गरिसकेको फिल्मलाई छाड्न सक्दिन ।’ उनि अभिनित फिल्म नीरफुल , जात्रै जात्रा लगायत बाकि नै छैन । तर यसरि १० दिनमै तिन फिल्मको प्रचारप्रसार सामाग्री आउदा दयाकै फ्यान पनि झुकीनन् होला त ?

कमेन्ट गर्नुहोस्