पुजा भन्छिन् ‘मलाइ सोध्नुस्’

984 Shares

फिल्म । पुजा शर्मा पछिल्लो समय चर्चामा राम्रै छाउने गर्छिन् । चुलबुले पुजा कहिले कहिँ आफ्नै कारण गसिप बन्ने गर्छिन् भने कहिले यतिकै । सुदर्शन थापा निर्देशित फिल्म ‘प्रेम गीत’ मार्फत आफुलाई अभिनेत्रीमा स्थापित गर्न सफल पुजाले सामाजिक सञ्जालमा आफुलाई सोधेर मात्र आफ्नो खबर लेखिदिन आग्रह गरेकी छिन् । उनले ‘मन परेसी पर्‍यो पर्‍यो’ साईन गरेको र उक्त फिल्म आउँदो चैत्र २८ मा रिलिज हुने खबर आएपछि यस्तो आग्रह गरेकी हुन् ।

आफुसँग जोडिएको खबरलाई एक पटक क्रस चेक गरेर आफ्नो भनाइ समेत राख्न उनले आग्रह गरिन् । ‘मैले फिल्म साईन गरेको छैन र म मेरै फिल्मसँग जुधाउन सक्दिन’ पुजा लेख्छिन् ,’एक पटक मेरो बारेमा लेख्दा त्यो खबरको सत्यताको बारेमा सोधिदिनुस ।’ उनको फिल्मको व्यावसायिक प्रतिष्पर्धा प्रदीप खड्काको फिल्मसँग देखिए पनि एकै डेटमा भने प्रदर्शन भएको छैन् ।

कमेन्ट गर्नुहोस्