फिल्म । पछिल्लो समय भारतमा देशभक्तिको फिल्म आउने लहर नै छ । गत वर्षको सुरुवातमै आएको फिल्म ‘उरी’ ले दर्शकको राम्रो साथ् पायो । त्यसपछि बलिउडका फिल्म मेकर र कलाकारले देशभक्तिको फिल्मलाई हेर्ने नजरियामा परिवर्तन आयो । उरीले हलमा सफलता पाउदै गर्दा नै बलाकोट घटना भएको थियो । त्यसमा पुलावा आक्रमणको बदला पनि लिइएको थियो । ‘बालाकोट एअर स्ट्राइक’ लाई इण्डियनले तारिफ गरिरहेका थिए । इण्डियन सेनाले पाकिस्तानमा पसेर आतंकवादीको संहार गरेको भारतीय मिडियाले उल्लेख गरेका थिए ।
यसै घटनामा आधारित रहेर फिल्म निर्माण हुने भएको छ । संजय लीला भन्साली र भुषण कुमारको लगानीमा तयार हुने फिल्मलाई अभिषेक कपूरले निर्देशन गर्नेछन् । फिल्मले तमाम भारतीय सेनाको भावनालाई व्यक्त गर्ने निर्माण कम्पनीले बताएको छ । यसैगरी निर्देशक अभिषेकले पनि कथालाई न्याय गर्ने बताएका छन् । ‘त्यो बेला हाम्रो मनमा के थियो त्यसलाई राम्रोसंग बुझेको छु’ उनले भने । फिल्म आउँदो वर्ष अगस्ट १५ मा प्रदर्शन हुन् सक्ने सम्भावना रहेको छ । (एजेन्सी)
A story that celebrates the accomplishments of The Indian Air Force🇮🇳#2019BalakotStrike @PMOIndia @DefenceMinIndia @IAF_MCC #SanjayLeelaBhansali @itsBhushanKumar @AbhisheKapoor #MahaveerJain, @PragyaKapoor_ @Tseries @gitspictures @SundialEnt @prerna982 pic.twitter.com/A5Oh8xpMyB
— BhansaliProductions (@bhansali_produc) December 13, 2019










