‘जार’ जस्ता फिल्म बन्नु गौरवको कुरा हो : अभिनेत्री कोइराला

फिल्म । अभिनेत्री मनिषा कोइरालाले ‘जार’ जस्ता फिल्मले नेपाली फिल्मकै स्तर बढाईरहेको बताएकी छिन् । साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित ‘जार’ को प्रिमियर हेरेपछि अभिनेत्री कोइरालाले कलाकारको अभिनय, छायांकन, निर्देशन, पार्श्वसङ्गीत लगायतका विषयको खुलेर प्रसंशा गरिन् ।

उनले भनिन्,‘हामीले पछिल्लो समय एकपछि अर्को राम्रो फिल्म बनाएका छौँ । ‘जार’ले नेपालको एक कालखण्डको दस्तावेजसँगै साहित्य र चलचित्रलाई जोडेको छ । प्राविधिक र बजेटमा केही कमी भए पनि कथा भन्ने शैलीमा हामी विश्वका फिल्म भन्दा कम छैनौँ ।’

अभिनेता विपिन कार्कीले ‘जार’ले नेपाली फिल्मले देखिरहेको गन्तव्यमा पुग्न एउटा इँटा थप्ने काम गरेको बताए । अभिनेत्री केकी अधिकारीले निर्देशक फुर्वाछिरिङ लामाको आत्मविश्वासको प्रशंसा गरिन् ।

प्रिमियरमा सहभागी अन्य दर्शकहरुले पनि निर्देशक लामा, अभिनेता सौगात मल्ल, अनुपविक्रम शाही र अभिनेत्री गितान्जली थापाको अभिनयको प्रशंसा गरेका थिए । सन् १८०० को दशकको वास्तविक घटनामा आधारित यो फिल्म वैशाख २६ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ ।

कमेन्ट गर्नुहोस्