‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ छनोट भए चलचित्र

फिल्म । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजनामा आगामी असारमा हुने ‘१२औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’ मा १० देशका २८ चलचित्र, वृतचित्र र लघु चलचित्र छनोट भएको छ । असार ७ देखि ९ गतेसम्म काठमाडौँमा गरिने महोत्सवमा नेपाल बाहेक साउथ अफ्रिका, इजिप्ट, तान्जानियाँ, टर्की, मोजाम्बिया, जिम्बाबे, क्यामरुन, मोरिसस, जमईका लगायतका देशको ८ चलचित्र छनोट भएको महोत्सव निर्देशक डब्बु क्षत्रीले बताए ।

उनले महोत्सवमा विदेशी चलचित्रतर्फ ‘फुल्स’, ‘द चेस्लर’, वृतचित्रतर्फ ‘वि ह्याभ नेभर विन किड्स’, ‘ह्वाईट पोसन’ तथा लघु चलचित्रतर्फ ‘डाईनिज’, ‘अफस्प्रिङ’, ‘सर्भाईभर’ र ‘इग्नोरेन्स इज अ लाईफस्टाईल’ छनोट गरिएको बताए ।

यस्तै, महोत्सवमा नेपालबाट चलचित्र र आदिवासी चलचित्रतर्फ ‘सरी मम’, ‘काँडेतार’, ‘गोर्खा वारियर’, ‘सनाखत’, ‘आफ्नै कर्म’, ‘लोजिमा’ र ‘रित’ छनोट भएको छ । वृतचित्रतर्फ ‘जर्नी टु गोक्यो’, ‘काँचो बायु’ र ‘चेसिङ द ड्रिम’ तथा लघु चलचित्रतर्फ ‘सिगरेट’, ‘आमा’, ‘ऐना’, ‘ढुकढुकी’, ‘घटेरो’, ‘हे दैव’, ‘जुत्ता’, ‘म्यारिज डे’, ‘मातृत्व’ र ‘रोटेन ब्लड’ छनोट भएको महोत्सवमा छनोट भएको छ ।

‘हामीलाई यसपटक स्वदेशी र विदेशी राम्रै चलचित्र प्राप्त भएका थिए । हाम्रो निर्णायक समितिले हेरेर प्रदर्शन योग्यलाई छनोट गरे । यसले नेपाल र अफ्रीकाको सम्बन्ध सम्वृद्ध गर्नुका साथै कला र संस्कृतिलाई बुझ्न मदत गर्ने विश्वास छ’, निर्देशक क्षत्रीले भने । महोत्सव अवधिभर चलचित्र प्रदर्शनका साथै चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तक्रियालगायतका विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्