गोकर्णले भेटे ‘गोपी’ टिम

फिल्म । सार्वजनिक ट्रेलर तथा पोस्टर मार्फत एक किसिमको दर्शक माँझ प्रतिक्षित बनिरहेको फिल्म ‘गोपी’ युनिटलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले भेटेर फिल्मको बारेमा जानकारी लिएका छन् । सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा मंगलबार उनले कलाकार विपिन कार्की र सुरक्षा पन्तसँगै निर्देशक दीपेन्द्र लामा, निर्माता मणिकर्ण केसी, कार्यकारी निर्माता श्रीधर पौडेल र लेखक सामीप्यराज तिमल्सेना भेटघाट गरेका हुन् । भेटघाटको क्रममा मन्त्री विष्टले फिल्मको ट्रेलरले आफूलाई उत्सुक बनाएकाले थप जानकारीका लागि फिल्मका निर्माण टिमसँग साक्षात्कार गर्न चाहेको बताए ।

पछिल्लो समय सरकारले पनि स्वरोजगार र स्वावलम्बनको कुरालाई प्राथमितामा राखेको छ’ भेटघाटको क्रममा मन्त्रि बिष्टले भने ‘सरकारको धारणालाई फिल्मले समेटेको देख्दा एकदमै खुशी लाग्यो ।’ साथै , उनले यदाकदा नेपाली फिल्म हेर्न गरेको भए पनि मौलिक फिल्म कमै बन्ने गरेको कुरासँग आफू अवगत भएको बताउँदै नीतिगत रुपमै मौलिक फिल्मलाई प्रवर्द्धन गर्ने कुरा सरकारसँग राख्ने आश्वासन दिए । निर्देशक दीपेन्द्र लामाले श्रममन्त्रीले फिल्मप्रति देखाएको चासोले आफू र आफ्नो टिमलाई हौसला मिलेको बताए । लेखक सामीप्यराज तिमल्सेनाले फिल्मले कृषिकर्म गर्ने लाखौं किसानको मुद्दालाई समेट्ने बताउँदै फिल्मले देश छाड्न चाहाने युवालाई फरक तरिकाले सोच्न प्रेरित गर्ने बताए । फिल्ममा बर्षा राउत , प्रकाश घिमिरे , अंकित खड्का लगायत पनि मुख्य भूमिकामा छन् । यसमा सामिप्य तिमल्सेनाको लेखन, शैलेन्द्र डि. कार्कीको छायांकन , निमेष श्रेष्ठको सम्पादन रहेको छ भने यसको कार्यकारी निर्माता फोटो पत्रकार श्रीधर पौडेल हुन् ।

कमेन्ट गर्नुहोस्