सलोनलाई कसले भन्यो ‘किड्न्याप’ गर्दिन्छु ?

661 Shares

फिल्म । सलोन बस्नेत पछिल्लो समयका व्यस्त कलाकार हुन् । प्राय कलाकारसंग उनले काम गरिसकेका छन् भने उनलाई प्राय निर्माता निर्देशकले आफ्नो फिल्ममा राख्ने गर्छन् । त्यसो त उनलाई फिल्मनगरीमा ‘आलु’ पनि भन्ने गरिन्छ किनकी उनि जतै फिट छन् । उनले पछिल्लो समय चर्चामा रहेका अधिकांस कलकारसंग काम गरेका छन् । यसैले पनि बेलाबखतमा उनको डेटको प्रोब्लम हुने गर्छ । भनिएको समयमा छायाँकन सुरु भएर सकिएन भने उनको नेक्स्ट डेट भताभूंग हुन्छ । यस्तै भएको रहेछ , हजार जुनीसम्मको छायाँकनको समयमा पनि ।

उनले हजार जुनीसम्मलाई एउटा डेट दिएका थिए र त्यहि अनुसार टोली पोखरामा छायाँकनको लागि पुग्यो । तर , अघिल्लो फिल्मको छायाँकन सेड्युल अनुसार भएन । त्यसपछि पर्यो सलोनलाई आपत्त । उनले भने अनुसार नै हजार जुनीसम्मको सेट ज्वाइन गरे । तर , छायाँकन फिल्ममा १ दिनको काम बाँकी हुँदा उनलाई किडन्याप गर्ने समेतको धम्की आयो । ‘मैले अघिल्लो फिल्ममा धेरै समय दिएको थियो तर भनिएअनुसार काम भएन’ सलोनले भने । उनले आफ्नो सेड्युलको जानकारी दिएता पनि छायाँकनरत फिल्मले जिम्मेवार रुपमा काम नगर्दा केहि समस्या आएको उनले बताए ।

‘भनिएको समयमा काम भएको भए कसैलाई अप्ठेरो पथिएन होला तर कुरा कसले बुझ्ने’ सलोन भन्छन् । उनले कहिले काही आउने यस्ता धम्किले दुख भने लाग्ने बताए । ‘हजार जुनीसम्म’ का निर्देशक विकाशराज आचार्यले भने सलोनकै समय अनुसार छायाँकन सुरु गरिएको बताए । ‘हामीले सलोनलाई कुरेर सल्लाह अनुसार नै छायांकन सुरु गरेका थियौ तर अर्को टिमले काम निकाल्न सकेनन्’ विकाशले भने । फिल्म ‘हजार जुनीसम्म’ मा सलोनले चुलबुले युवकको भूमिका निर्वाह गरेका छन् । आफ्नो बाबाको मायालाई खोज्ने दायित्व पनि उनले पुरा गरेका छन् ।

उनि पोखराका युवक हुन् । फिल्ममा आर्यन सिग्देल , स्वस्तिमा खड्का , संचिता लुइँटेल , शिवहरी पौडेल , अखिलेस प्रधान , संचिता लुइँटेल र अनुभव रेग्मी लगायतको अभिनय रहेको छ । फिल्मलाई प्रेम कथामा आधारित फ्यामिली ड्रामा भनिएको छ । निर्देशक आचार्यले फिल्मको पटकथा सामिप्यराज तिमल्सेनासंगको सहकार्यमा तयार पारेका हुन् । फिल्ममा कविराज गहतराजको नृत्य , उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । यसमा विशाल चाम्लिङ निर्माता छन् भने कार्यकारी निर्मात्री कविता रेग्मी हुन् । फिल्म साउन ३० अर्थात विहिवारबाट प्रदर्शनमा आउंदैछ ।

Facebook Comments