‘संक्रमण’को तयारीमा झा

0 Shares

फिल्म । डेब्यु फिल्म ‘सरक्षण’ लाई लार्जर बनाउने कोसिश गरेका निर्देशक पूर्णेन्दु झा पछिल्लो समय अन्य प्रोजेक्टमा जोडिएका छन् । दोस्रो फिल्म ‘चौका दाउ’ निर्देशक गरेका निर्देशक झाले अब पुनः सामाजिक विषयवस्तुलाई नै पर्दामा देखाउने तयारीमा छन् । उनले निर्देशन गर्ने तयारीमा रहेको केहि प्रोजेक्टहरु छन् , जसमध्ये संक्रमण पनि एक हो ।

पछिल्लो समय ‘संक्रमण’ भन्ने शब्दको अर्थ आम नेपालीले थाहा पाईसकेका छन् । यस्तै संक्रमणले समाज र एक व्यक्ति जीवनमा पार्ने प्रभावलाई निर्देशक झाले फिल्ममा देखाउने तयारी गरिरहेका छन् । नेपाल सरकारले अनुमति दिएसँगै छायांकनमा जाने तयारीमा रहेको फिल्म उनले होम प्रोडक्सन अन्तर्गतनै निर्माण गर्नेछन् ।

रमेश रञ्जन झा र भाष्कर शर्मा अनुबन्ध भइसकेका छन् । स्वास्थ्य र राजनीतिमाले संक्रमणमा उठाउने फाईदामा फिल्म केन्द्रित रहनेछ ।

कमेन्ट गर्नुहोस्