नवलको फिल्ममा पुष्प र दीपिका जोडी

जयहोस् । ‘श्रीमान’ निर्देशक नवल नेपालको निर्देशनमा तयार नयाँ फिल्ममा दीपिका प्रसाई र पुष्प खड्का अनुबन्धित भएका छन् । पुष्पसँग सम्झौता भएता पनी दीपिकासँग मौखिक मात्र सम्झौता भएको निर्देशक नेपालले बताए । ‘हामीले प्रारम्भिक छलफल गरिसकेका छौ , मौखिक सहमति भईसकेको छन’ निर्देशक नेपालले बताए । फिल्ममा रेविका गुरुङ पनि हुनेछिन । डेब्यु गर्ने भनिएको फिल्म ‘लिलीबिली’ मा प्राविधिक कारणले अभिनय नजुरेपछी यतिबेला उनि डेब्युको तयारी छ । ‘फिल्म गर्ने लगभग सहमति भईसकेको छ , त्यहिँ अनुसार आफुलाई तयार गर्दैछु’ दीपिकाले फिल्ममा अभिनय गर्न लागेको बताईन । दीपिकाले पुष्पसँग म्युजिक भिडियोमा स्क्रिन शेयर गरिसकेकी छिन । माघबाट छायांकनमा जाने तयारीमा रहेको यस फिल्मलाई पुनम गौतमले निर्माण गर्न लागेकी हुन् भने अर्जुन पोखरेल, कृष्ण काफ्लेको संगीत रहनेछ ।
कमेन्ट गर्नुहोस्