फिल्म । अभिनेता महेश बाबुसँग एसएस राजामौलीको आगामी तेलुगु फिल्मका लागि अभिनेत्री प्रियंका चोपडा अनुबन्धित भएकी छिन् । जङ्गल एडभेन्चरमा आधारित फिल्मका लागि देशी गर्ल प्रियंका अभिनय गर्न राजी भएकी हुन् । पछिल्लो फिल्म ‘आरआरआर’ पछि निर्देशक राजामौलीले नयाँ प्रोजेक्टमा काम थालेको झन्डै २ बर्ष भईसकेको छ ।
फिल्ममा महेश बाबु अनुसन्धानकर्ताको भूमिकामा देखिनेछन् । फिल्मको छायांकन अप्रिल २०२५ बाट सुरु हुने भनिएको छ । यसको छायांकन भारतबाहेक अमेरिका र अफ्रिकाको जंगलमा पनि हुनेछ । यो फिल्म २०२७ मा रिलिज हुने अनुमान गरिएको छ ।
कमेन्ट गर्नुहोस्