दक्षिण कोरियामा रुचाईयो ‘इन्टु मिन्टु लण्डनमा’

फिल्म । नेपालमा इनिसियल बिजनेस गर्न सफल फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ यतिबेला विदेश प्रदर्शनमा छ । नेपालमा प्रदर्शन भईसकेकोपछी यसको विदेश प्रदर्शन सुरु भएको हो । केहि समय अगाडी अस्ट्रेलियामा राम्रो प्रदर्शन गर्न सफल फिल्मले कोरियामा पनि राम्रो प्रदर्शन गर्न सफल भएको छ । स्थानीय दर्शकले फिल्मलाई रुचाएको प्रतिक्रिया निर्देशक रेनशा वान्तवा राईले दिईन । डेब्यु फिल्म भएकोले उनलाई बिजनेससँगै प्रतिक्रिया पनि उत्तिकै महत्वपूर्ण छ । यसैले उनि नायक धिरज मगरसँगै शो मा सहभागी हुन् कोरियो पुगेकी छिन । ‘फिल्मलाई सबैले मन पराउनु भएको छ’ दक्षिण कोरियोमा रहेकी निर्देशक राइले भनिन् ‘फिल्म २ शो हुने कुरा थियो तर अब ४ शो हुदैछ ।’ उनले पब्लिक डिमाण्डकै कारण अस्ट्रेलिया पुनः आउदो आइतवार शो हुने बताइन । ‘सिड्नीमा शो आउदो आइतवार पनि हुदैछ भने नोभेम्बर १८ मा हङकङमा हुने शो पनि सोल्ड आउट भईसकेको छ’ उनले बताइन । प्रभु शमशेर जबरा र प्रज्वल शमशेर जबराको निर्माण रहेको फिल्म मार्फत रेनाशाले डेब्यु गरेकी हुन् । नृत्य निर्देशनमा स्थापित उनि अब फिल्म निर्देशनमै अघि बढ्नेछिन । प्रेम कथामा आधारित फिल्ममा धिरजसँगै साम्राज्ञी राज्यलक्ष्मी शाह , सारुक ताम्राकार , विजय लामा , अर्जुन श्रेष्ठ लगायतको अभिनय रहेको छ ।
कमेन्ट गर्नुहोस्