संगीत । फुलै फुलको मौसम तिमीलाई फिल्का जोडी नायिका नीता ढुंगाना र नायक आमेश भण्डारीले भिडियोमा अभिनय गरेका छन् । फिल्ममा काम गरेपछि यी दुइ नजिकिएका थिए । आफ्नो प्रेम स्वीकार गरेका जोडीले केहि समयपछी त्यसलाई ब्रेकअप पनि नगरेका होइनन् । त्यसपछि आफुहरु मिल्ने साथी रहेको बताउने नीता र आमेशले एकसाथ भिडियो गरेका हुन् । जीतु श्रेष्ठ र अनु अधिकारीको स्वरमा रहेको ‘बैमानी बैमानी’ बोलको गीतको भिडियोमा नीता र आमेश जोडी बनेका छन् ।
यो भिडियोमा अभिनय गरेसँगै आमेश र नीताको प्याचअप भएको खबरहरु पनि बाहिरिएका थिए । यद्यपी उनिहरु भने अहिले आफुहरु मिल्ने साथी भएको बताउँछन् ।
नायक भण्डारी आँफै गायक समेत हुन्। नीताले अभिनय गर्ने भएपछि गीत पनि राम्रो भएको कारण पहिलो पटक अरुको गीतमा अभिनय गरेको उनले बताए । यसबाट नीता र आमेशबीच पुन: सम्बन्ध सुध्रिएको अनुमान लगाउन सकिन्छ । मिलन सुर्खेतीको संगीत रहेको यस गीतमा योगेन ढोलीको शब्द रचना रहेको छ । रोशन दाहालको छायांकन तथा सम्पादनमा बनेको भिडियोलाई बिदुर सिवाकोटीले निर्देशन तथा कोरियोग्राफी गरेका छन् ।