एफक्युबमा ‘दाल भात तरकारी’ बुकिङ खुल्यो

79 Shares

फिल्म । आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने प्रतिक्षित फिल्म ‘दाल भात तरकरी’ को शो चाबहिल स्थित केएल टावरमा रहेको एफक्युबमा खुलेको छ । एफक्युबले फिल्मलाई क्युब १ मा ९ : ३० , १२ : १५ , ३: १५ , ६ : १५ र ८ : ४५ बजे को पाँच शो दिएको छ । यसअगाडी शत्रु गते निर्माण गरेको टिमले पारिवारिक कथामा फिल्म निर्माण गरेको छ । फ्यामिली अडियन्स आउने भएकोले पनि हलले फिल्मलाई प्राथमिकतामा राख्दै शो दिईरहेको छ । मल्टिस्टारर फिल्ममा मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्य , निरुता सिंह , किरण केसी , बर्षा राउत , आँचल शर्मा , पुष्प खड्का, राजाराम पौडेल, बसुन्धरा भुषाल, किरण केसी, प्रिंयका कार्की, शिशिर वाङ्देल लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

मह सञ्चारको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन् । पटकथा तथा संवाद पनि उनकै हो । यो फिल्मलाई सुदन केसीले निर्देशन गरेका हुन् । यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, जयनन्द लामा, मोहितबंश आचार्यलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् । यसमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्मातामा छन् । प्रविन सिंह र कविराज गहतराजको फिल्मका गीतमा कोरियोग्राफी छ ।

Facebook Comments