फिल्म । अभिनेता विराज भट्टको निर्देशनमा तयार हुने फिल्म ‘१२ गाउँ’बाट मोडल सनिशा भट्टराईले अभिनेत्रीको रुपमा डेब्यु गर्ने भएकी छिन् । अभिनेता भट्टले सोमबार फेसबुकमा एक पोस्टमार्फत् फिल्ममा उनको अभिनय रहने पृष्टि गरेका हुन् । यसै वर्ष छायांकनको तयारी गरिएको ‘१२ गाउँ’मा विराज स्वयं मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् भने उनका छोरा समीर भट्टको पनि अभिनय रहनेछ ।
यो फिल्मबाट सनिशासँगै पूर्वमिस नेपाल इन्टरनेसनल (२०२२) न्यान्सी खड्काले पनि डेब्यु गर्दैछिन् । भिलेनको भूमिकामा कनिज कोइरालाको अभिनय रहनेछ । फिल्ममा सन्तोष सरकारको कथा तथा पटकथा छ ।
छोटो समयमै म्यूजिक भिडियोमा स्थापित सनिशाले ‘ए होर माया’, ‘आँशु बनि नखस कैले नि’, ‘तिमीलाई हेर्ने बानी पर्यो’, ‘साइँली’, ‘लुम्बिनी कर्णाली’ जस्ता दुई दर्जन बढी गीतमा काम गरिसकेकी छन् ।
कमेन्ट गर्नुहोस्