सौन्दर्य । ‘शगून ज्वेलर्स प्रिजेन्ट्स मिसेस भोग नेपाल सिजन – ३’ को ग्राण्ड फिनाले मंगलबार मध्यराति सम्पन्न भएको छ । समारोहमा नौ जना विजेता घोषणा गरिएको आयोजकले जनाएको छ । ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्राण्डमा हाउस अफ फेसन नेपालद्वारा आयोजित कार्यक्रम शान्त, भव्य तथा मर्यादित वातावरणमा सम्पन्न भएको थियो।
ग्राण्ड फिनालेमा २१ जना विवाहित महिला प्रतिस्पर्धीले सहभागिता जनाएका थिए। प्रशिक्षण अवधिदेखि नै सञ्चालन गरिएको मूल्यांकन प्रक्रिया, प्रि जजिङ राउन्ड तथा प्रतिस्पर्धीले प्राप्त गरेको अङ्कका आधारमा सुरुमा छ जना विजेता घोषणा गर्ने योजना थियो।
तर प्रतिस्पर्धीको उत्कृष्ट प्रस्तुति, मेहनत र समर्पणलाई मध्यनजर गर्दै आयोजकले विशेष सरप्राइजस्वरूप कुल नौ जना विजेता घोषणा गरेको जनाएको छ। उक्त घोषणापछि स्टेज र दर्शकदीर्घा दुवै स्थानमा उत्साह र तालिको माहौल बनेको थियो।
उपाधि विजेता
मिसेस भोग नेपाल सिजन–३ (२०२६) का विजेता:
मिसेस भोग नेपाल ग्राण्ड २०२६ – प्रतिक्षा थापा
मिसेस भोग नेपाल युनिभर्स २०२६ – प्राची तोमर
मिसेस भोग नेपाल वर्ल्ड २०२६ – किमी चौलागाई
मिसेस भोग नेपाल अर्थ २०२६ – कविता ढकाल
मिसेस भोग नेपाल ग्लोबल २०२६ – कोमल नेपाली
मिसेस भोग नेपाल टुरिजम २०२६ – ऋचा रानी राम
क्लासिक मिसेस भोग नेपाल २०२६ का विजेता:
क्लासिक मिसेस भोग नेपाल ग्राण्ड २०२६ – श्रीनु श्रेष्ठ
क्लासिक मिसेस भोग नेपाल युनिभर्स २०२६ – ज्योती कुर्मी
क्लासिक मिसेस भोग नेपाल युनिभर्स २०२६ – सम्झना फुयाल










