फिल्म । पछिल्लो समय बलिउडका कलाकारहरु ड्रग्समा जोडिरहेका छन् । अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरण ड्रग्स कनेक्सन देखिएपछी नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनएसीबी) यतिबेला बलिउडमा खोजतलास सुरु गरेको छ । ड्रग्स कन्सेक्सनमा सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले बलिउडका २५ कलाकारले ड्रग्स लिने गरेको भन्दै बयान दिएकी थिइन् । उनले बयानको क्रममा राकुल प्रीत सिंह , सारा अलि खान , निर्देशक मुकेश छाबरा लगायतको नाम लिएकी थिइन् ।
त्यहिँ अनुसन्धानमा बलिउडकि दीपिका पादुकोण पनि जोडिएकी छिन् । एनसीबीले दीपिकाकी म्यानेजर करिश्मा प्रकाससँग सोधपुछ गरेको छ । पछिल्लो समय करण जोहरको भाइरल भइरहेको भिडियोमा पनि दीपिका देखिएकी थिइन् । उनि भिडियोमा सामान्य रुपमा भने प्रस्तुत थिइन् । यसैले गर्दा पनि एनसीबिले जाँचलाई तिब्रता दिएको छ । म्यानेजर करिश्मासँग सोधपुछ पश्च्यात दीपिकालाइ पनि बोलाइने सम्भावना बढेको छ । (एजेन्सी)











