महेशले रोजे सलमानको हिरोइन

फिल्म । साउथ इण्डियन फिल्मका स्टार मध्यका एक हुन् महेश बाबु । पछिल्लो समय महर्षि फिल्ममा व्यस्त रहेका उनले त्यसपछि नयाँ फिल्म निर्देशक सुकुमारसँग गर्दैछन् । साउथ इण्डियन फिल्मका प्रिन्स हिरो भनेर चिनिने महेश बाबुले नयाँ फिल्मलाइ एक्सन र ग्लामरले भरिपूर्ण गर्दैछन् , जसमा उनले सलमान खानकि हिरोइन कट्रिना कैफलाई प्रस्ताव गरेका छन् ।

पछिल्लो समय सलमानको साथ् पाएसँगै करियरलाई माथि बढाईरहेकी कट्रिना पनि उनको प्रस्तावले उत्सुकनै छिन । तर उनले निर्णयको लागि समय मागेकी छिन । भारतीय मिडियामा आएको खबरलाई मान्ने हो भने उनले सलमानसँग यसविषयमा परामर्श गर्दैछिन् । सलमानको सल्लाहपछी उनले फिल्म गर्ने या नगर्ने निर्णय गर्नेछिन् । पछिल्लो समय कट्रिना सलमानकै फिल्म भारतमा व्यस्तछिन । अलि अब्बास जफरको निर्देशनमा तयार भएको फिल्म आउदो इदमा रिलिज हुनेछ ।

कमेन्ट गर्नुहोस्