बायोपिक गर्दै आमिर !

फिल्म । बलिउडका मिस्टर पर्फेक्निस्ट आमिर खान नयाँ फिल्मको तयारीमा जुटेका छन् । पछिल्लो फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मार्फत दर्शक र समिक्षकको नकारात्मक टिप्पणी पाएका आमिर केहि समय अध्यनमा व्यस्त थिए । केहि समयको विश्रामपछी उनि नयाँ फिल्मको तयारीमा जुटेका हुन् । उनले हलिउड फिल्म ‘फरेस्ट गम्प’ रिमेक गर्ने सोच बनाएका छन् ।

एकेडेमी अवार्ड सहित दर्शकको मनमा समेत बस्न सफल टम ह्यांक्स अभिनित फिल्मको रिमेकको प्रक्रियालाई आमिरले स्टार्ट गरिसकेको छन् । फिल्मको नाम नै ‘लाल सिंह चड्डा’ तय गरिएको छ । साथै , आमिरले एक बयोपिक फिल्म गर्ने मुड बनाएका छन् । उनले अरु कोहि नभई गुलशन कुमारको बायोपिक गर्दैछन् । फिल्मको नाम राखिएको छ ‘मोगुल’ ।

केहि समय अगाडी आमिरले फिल्मका निर्देशक शुभाष कपूरको कारण फिल्म छाडेका थिए । निर्देशक कपूर #Meetoo मा मुछिएका थिए । तर , यतिबेला आमिरले मनस्थिति बदलिएका छन् । ‘मैले मेरो मनको सुन्छु त्यो भन्दा बाहेक कसले के भन्छ भन्नेमा मेरो ध्यान जादैन’ आमिरले एक अन्तर्वार्तामा भने , ‘फिल्मको कथा राम्रो छ अनि मैले गुलशनजी आफुमा देखे ।’ उनको यो निर्णयसँगै गुलशनका छोरा भुषण खुसि भएका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्