जोयाको नेक्स्ट प्रोजेक्ट को सँग ?

फिल्म । सन् २००९ मा फिल्म ‘लक बाई चान्स’ मार्फत निर्देशनमा डेब्यु गरेकी जोया अख्तर यतिबेला स्थापित निर्देशक बनिसकेकी छिन । पछिल्लो रिलिज भएको फिल्म ‘गल्ली ब्वाई’ मार्फत पनि उनलाई राम्रो रेस्पोन्स प्राप्त भयो । फिल्ममा रणवीर सिंह र आलिया भट्ट जस्तो स्टार भएता पनि उनको बलियो पक्ष भनेकै विषयवस्तु र पटकथा भएको भन्दै तारिफ भयो । उनले फिल्मलाई र्‍यापरको कथामालाई देखाएकी थिइन् ।

एकपछि अर्को फिल्म मार्फत दर्शकको मन जित्दै अगाडी बढ्दै गरेकी जोया नयाँ फिल्म कोसँग गर्दैछिन् त ? यो जिज्ञाषा हुनु स्वाभाविक नै हो । उनले नेस्क्ट प्रोजेक्ट ऋतिक रोशनसंग गर्ने बताएकी छिन । ‘मलाइ ऋतिकसँग काम गर्ने इच्छा छ र सब्जेक्ट पनि जुरेको छ जसमा उनि फिट छन्’ जोयाले आफ्नो प्लानिङ शेयर गर्दै भनिन् ‘फिल्मले यथार्थलाई भुल्नु हुदैन तर हामीले भुल्नु हुदैन त्यो फिल्म हो ।’ यद्दपी यसको घोषणा अझै भएको छैन ।

जिन्दगी न मिलेगी दोबारा , दिल धड्कने दो मार्फत दर्शकको माया पाएकी जोयाले गल्ली ब्वाई मार्फत पनि त्यहिँ माया पाइन् । पछिल्लो समय उनि वेब सिरिजमा पनि व्यस्त छिन् । ‘मेड इन हेभेन’ को पहिलो सिजन ल्याएकी जोयाले यसको दोस्रो सिजनको पनि तयारी गर्दैछिन् । उनले यसमा विवाहको आयोजना गर्दिने एक एजेन्सीको कथालाइ पेस गरेकी छिन् । जस मार्फत उनले धेरै जीवनको कथालाई बाहिर ल्याउने प्रयास गरेकी छिन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्