क्रिसमसमा साहिमाको कन्सर्ट

संगीत । गायिका साहिमा श्रेष्ठले आउदै गरेको क्रिसमस अर्थात् डिसेम्बर २५ मा राजधानीबासि समक्ष आफ्नो प्रस्तुति प्रस्तुत गर्ने भएकी छिन । बिजनेश पार्क टेकु अवस्थित मसला कटेज एण्ड लन्चबारमा आयोजना हुन लागेको ‘क्रिसमस विथ कलाकार’ कार्यक्रममा उनले आफ्ना चर्चित गीत संगीतबाट दर्शक नचाउने भएकी हुन् । कार्यक्रममा साहिमासँगै गुन्जन श्रेष्ठ, उत्तम श्रेष्ठ लगायत गायक गायिकाको समेत प्रस्तुति रहनेछ ।

क्रिसमस डे चर्चित गायक गायिकाको लाइभ गीत संगीतसँगै मनाउने अवसर प्रदान गर्न ‘क्रिसमस विथ कलाकार’ कार्यक्रम आयोजना गर्न लागिएको मसला कटेजका प्रवन्ध निर्देशक मिलेस रायले जानकारी दिए ।यस्तै कटेजले अग्रेजी नयाँ बर्षको अवसर पारेर डिसेम्बर ३१ मा पनि एक भब्य सांगीतिक कार्यक्रम आयोजना गर्दैछ । ‘न्य इयर इभ’ नाम राखिएको कार्यक्रममा चर्चित गायक उदय श्रेष्ठले बिभिन्न गीतसंगति प्रस्तुत गर्नेछन् । गायक श्रेष्ठको अलवा दमिोलि फाइव ब्यण्डको समेत प्रस्तुति रहेन कार्यक्रममा दर्शकले डान्स सँगै बिभिन्न खानाको पनि अनुभव लिनुसक्ने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्