प्रशान्तको निर्देशनमा ‘खुनी नजर’ (भिडियो)

0 Shares

संगीत । फेशन जगतको पुरानो नाम प्रशान्त ताम्राकार अब निर्देशक बनेका छन् । थुप्रै शो कोरियोग्राफ गरिसकेका प्रशान्तको परिचयलाइ पछिल्लो समय फिल्म ‘ऐश्वर्य’ ले ह्यान्डसम भिलेनको उपनाम समेत दिएको छ । पछिल्लो समय फेशनसँगै कलाकारितामा पनि उत्तिकै सक्रिय रहेका प्रशान्तले म्युजिक भिडियो निर्देशन गरेका छन् ।

उनले निर्देशन गरेको भिडियो सार्वजनिक भएको छ । ‘खुनी नजर’ बोलको गीतको भिडियोमा उनले किरण श्रेष्ठ र अन्जना बराइलीलाई कास्ट गरेका छन् । गीतको भाव अनुसार पात्र चयन गरि प्रस्तुत गरिएको उनले बताए । सार्वजनिक गीतलाई किरण भुजेल र मेलिना राईले गाएका छन् । गीतमा छिरिङ शेर्पाको शब्द र संगीत रहेको छ ।

गीतको भिडियोमा सुदिप बरालको डीओपी रहेको छ भने कलरसँगै सम्पादन टेकेन्द्र शाहको रहेको छ । भिडियोमा स्वयन्ता योन्जनको कोरियोग्राफी रहेको छ ।

कमेन्ट गर्नुहोस्