अक्षय बिनानै ‘भुल भुलैया २’

36 Shares

फिल्म । बलिउडका खिलाडी एक्टर अक्षय कुमार उनको चर्चित फिल्म मध्यको एक भुल भुलैयाको सिक्वेलमा नहुने भएका छन् । उनलाई नलिएर फिल्म बनाउने तयारीमा निर्माता भुषण कुमार रहेका छन् । उनले फरहाद सामजीलाई लेखन तथा निर्देशनको जिम्मा दिएका छन् । भुषणले केहि समय अगाडी नै सिक्वेल बनाउने सोच बनाएपनि कन्सेप्ट नपाएको कारण काम अगाडी बढाउँन सकेका थिएनन् । साथै , उनले अक्षयलाई नलिने सोच बनाएका छन् ।

किनकी उनले आफ्नो पिता गुलसन कुमारको बायोपिकमा अक्षयलाई अभिनय गर्ने प्रस्ताव राखेका थिए । खिलाडी एक्टर पनि उनको प्रस्तावमा पोजेटिभ नै थिए । तर , अन्तिम समयमा उनले फिल्मलाई लिएर नो भनेपछि भुषण रिसाएका हुन् । यसै कारण पनि अक्षय विनानै भुषणले भुल भुलैयाको सिक्वेल बनाउने तयारी अगाडी बढाएका छन् ।

Facebook Comments