‘जीवन जात्रा हो’ सार्वजनिक (भिडियो)

53 Shares

फिल्म । फिल्म ‘जात्रै जात्रा’ को दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक शिर्ष गीत ‘जीवन जात्रा हो’ मा फिल्मका लिड तिन कलाकार बिपिन कार्की , रविन्द्र सिंह बानियाँ र रविन्द्र झा फिचर्ड छन् । जीवनलाई जात्रासँग चित्रण गरिएको गीतमा कालीप्रसाद बास्कोटाको स्वर रहेको छ । गीतमा अर्जुन भट्टराईको शब्द रहेको छ भने संगीत कालीले नै दिएका छन् ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रबिन्द्र झा, दयाहाङ राई, बर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धरलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

कलाकार रविन्द्र सिंह कार्यकारी निर्माता रहने फिल्ममा सिङ्गे लामा र यगेश्वर पौडेल निर्माताको रुपमा रहनेछन् । शिवराम श्रेष्ठको छायाँकन रहेको फिल्मलाई मित्र डि. गुरुङको सम्पादन रहेको छ । षट्कोण पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्मको कथा ‘जात्रा’ जहाँ सकिएको थियो त्यहीँबाट सुरु हुन्छ । फिल्म आउँदो जेठ ३ मा रिलिज हुदैछ ।

Facebook Comments