‘छड्के सलाम’ मा निश्चल स्वस्तिमाको छमछमी

फिल्म । दसैँलाई लक्षित गर्दै घटस्थापनादेखि प्रदर्शन हुने फिल्म ‘बेहुली फ्रम मेघौली’को तेस्रो गीत रिलिज गरिएको छ । शुक्रबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ‘छड्के सलाम’ बोल रहेको गीतकको भिडियोमा फिल्मका कलाकारहरू बसुन्धरा भुसाल, स्वस्तिमा खड्का, निश्चल बस्नेत, सिम्रन खड्का लगायत फिचर्ड छन् ।

विवाहको सेटअपमा तयार पारिएको गीत जयन जे वाइवाको सङ्गीतमा तयार गरिएको हो । यसमा कालिप्रसाद बास्कोटा र बबीना किराँतीको स्वर छ । यसमा प्रदीप लामा र केवीका खत्रीको कोरियोग्राफी रहेको छ ।

फिल्ममा बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकिय फिल्म हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । फिल्मका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

यसमा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ ।

कमेन्ट गर्नुहोस्