मायाको पर्खाइमा काजी (भिडियो)

फिल्म । प्रतिक्षित फिल्म मध्यको एक ‘कबड्डी’ को तेस्रो सिरिजको ट्रेलर सार्वजनिक भएको छ । अघिल्लो दुइ सिरिजको सफलतापछी निर्माण टिमले नयाँ सिरिज निर्माण गरेका हुन् । ‘कबड्डी कबड्डी कबड्डी’ को सार्वजनिक ट्रेलरमा पनि काजी अर्थात दयाहाङ राई मायाको पर्खाइमा छन् । उनकै पात्रले भोग्ने कथालाई फिल्ममा प्रस्तुत गरिएको छ ।

एक अर्थमा कबड्डी काजीको जीवन यात्रा हो । मौलिक विषयवस्तुलाई सशक्त ढंगले दृश्य भाषामार्फत् व्यक्त गर्न सक्ने रामबाबु गुरुङ निर्देशित यो फिल्मको ट्रेलर इन्गेजिङ र इन्टरटेनिङ छ । फिल्मले स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा वाचन गरेको छ । यसको कथा निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् ।

शैलेन्द्र डि. कार्कीले खिचेको यो फिल्म बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो । दयाहाङसँगै कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, पुस्कर गुरुङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको यसमा अभिनय छ । रेनशा वान्तवा राईको कोरियोग्राफी रहेको फिल्मको सम्पादन निमेश श्रेष्ठले गरिरहेका छन् । मणीराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियार फिल्मका निर्माता हुन् ।

कमेन्ट गर्नुहोस्