दशैँमा ‘परदेशी २’

0 Shares

फिल्म । नारायण रायमाझी निर्देशित सुपरहिट फिल्म ‘परदेशी’ को दोस्रो सिरिज ‘परदेशी २’ आउँदो वर्षको दशैंमा रिलिज हुने भएको छ । लोक गायक झैँ फिल्म निर्देशनमा पनि सफल मानिने निर्देशक रायमाझीले परदेशीलाई पनि दशैँमै रिलिज गरेका थिए । नेपालीले विदेशियपछी सामना गर्नु पर्ने अवस्थामा चित्रण गरेर फिल्म बनाउने निर्देशक रायमाझीले फिल्मको छायांकन पुरा भएसँगै मिती तय गरेका हुन् ।

यसपटक पनि फिल्मको कथा दशैंको परिवेशसँग जोडिएकाले प्रदर्शन पनि दशैंलाई नै रोजिएको निर्देशक रायमाझीले बताए । पोखरा, पाल्पा, चितवन, काठमाडौं लगायतका स्थानमा छायांकन भएको फिल्मले अध्ययनका लागि विदेशिने नेपाली विद्यार्थीहरुको विषयवस्तु उठान गरेको छ । फिल्मलाई नारायण इन्टरनेशनलको ब्यानरमा राजेश वंशल र नारायण रायमाझीले मिलेर फिल्म निर्माण गरेका हुन् ।

रमेश विजीको कथा रहेको फिल्ममा दीलिप रायमाझी, प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, देबेन्द्र बब्लू लगायतको अभिनय रहेको छ । सुदिप कुँवर मुख्य सहायक निर्देशक रहेको फिल्ममा मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, बिबि अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी तथा दीर्घ खड्काको सम्पादन छ ।

कमेन्ट गर्नुहोस्