सङ्गीत । लामो समयदेखि सञ्चारकर्ममा रहेका उदयराज शर्माले आफ्नो शब्द, सङ्गीत र स्वरमा ‘पहाडकी रानी’ गीत सार्वजनिक गरेका छन् । सिने संगालो युट्युब च्यानलमार्फत इन्टरनेट रिलिज गरिएको गीतमा प्रकृति र नारीलाई समानरुपमा प्रस्तुत गरिएको छ । गीतमार्फत पहाडको सुन्दर भूभाग र सुन्दरी युवतीलाई एकसाथ सम्बोधन गरिएको सर्जक शर्माले जानकारी दिएका छन् ।
उनले भने,‘यो गीत कुनै अवसरलाई लक्षित नभई हरेक ऋतु र समयमा सुन्न वा हेर्न मिल्नेगरी तयार गरेको छु ।’ विष्णु ठकुरीको छायांकन तथा निर्देशन रहेको गीतको भिडियोलाई सर्जक शर्माले नै सम्पादन गरेका हुन् ।
सुजल श्रेष्ठको रंग संयोजन रहेको भिडियोमा रवि अर्याल, पूजा सोनी, उदयराज शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् । डच मिडिया प्रा. लि अनामनगरसंगको प्राविधिक सहकार्यमा यस भिडियोलाई आर्यव शर्मा र आरध्या लक्ष्मी शर्माले निर्माण गरेका हुन् ।









