जसिताको तुलना जुनसँग (भिडियो)

83 Shares

फिल्म । प्रदीप खड्का स्टारर फिल्म ‘लभ स्टेसन’ लभ गीत सार्वजनिक भएको छ । गीतमा प्रदीपकी हिरोइन जसिता गुरुङलाई जुनसँग तुलना गरिएको छ । निर्देशक उज्वल घिमिरेले रचना गरेको गीतमा जसिताको आगमनले प्रदीप खुसि देखिएका छन् । गीत ‘मेरो आँगनीमा’ मा सुरेश लामाको स्वर रहेको गीतमा उज्वलको शब्द र शम्भुजित बास्कोटाको संगीत रहेको छ ।

गीतको एरेञ्ज रिकेश गुरुङले गरेका हुन् । गीतलाई शिशिर खातीले कोरियोग्राफ गरेका छन् । फिल्मका निर्माता गोविन्द शाही हुन् । प्रदीप र जसितासँगै रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रकाश शाह, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको पनि अभिनय छ ।

यसलाई निर्देशक घिमिरेले सांगीतिक प्रेमकथामा आधारित पारिवारिक फिल्म बताएका छन् । यसलाई आलोक शुक्लाले खिचेका हुन् । यसमा दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको पनि संगीत छ । सुवास सिंह बस्नेतको कथा रहेको फिल्ममा कुमार श्रेष्ठको द्वन्द्व निर्देशन छ । यो फिल्म चैत २२ मा प्रदर्शनमा आउँदैछ ।

Facebook Comments