‘जुमान्जी’ लफडा

फिल्म । यहि शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जुमान्जी द नेक्स्ट लेभल’ क्युएफएक्स चेनमा मात्रै चल्ने भएको छ । तेस्रो सिरिजका रुपमा नेपाल आउन लागेको यो प्रतिक्षित नै छ । तर , यसलाई अब क्युएफएक्समा मात्र हेर्न पाइने भएको छ । फिल्म वितरक कम्पनी एप्पल डिस्ट्रिब्युसनले फिल्मको सेयरका साथसाथै थ्रीडी ग्लासको समेत पचास प्रतिशत सेयर मागेपछि फिल्म अन्य हलले नचलाउने निर्णय गरेका हुन् । वितरण कम्पनी एप्पल क्युएफएक्स चेनकै नजिकको संस्था हो । यसैले गर्दा यो निर्णयमा पुगिएको बुझिएको छ । यदपि सहमति भएमा शुक्रबार अन्य हलमा पनि फिल्म चल्ने छ । तर ,

काठमाडौं उपत्यकाका बाँकी हलले सामूहिक छलफल गर्दै उल्लेखित सर्तमा फिल्म प्रदर्शन नगर्ने निर्णय गरेको बुझिएको छ । विहिबार विहानसम्म क्युएफएक्सले सो बाँडफाँड गरे पनि अन्य हलले बाँडफाँड नगरेको मात्र होइन, वेवसाइटबाट फिल्मको पोस्टरसमेत हटाइसकेका छन् । एप्पल कम्पनी प्रमुख जेनिस पहरीले आफूहरुले थ्रीडी ग्लासको सेयर मागेको स्विकारिन । उनले टु डी फिल्म यतिकै दिएपनि थ्री डी दिन नमिले बताइन ।

कमेन्ट गर्नुहोस्