‘बोक्सीको घर’ र ‘मनसरा’ एकसाथ ओटिटीमा

फिल्म । ओटिटी प्लेटफर्म ‘सिनेमाघर’ले नयाँ वर्ष २०८२ को पावन अवसर पारेर दुई फिल्म ‘बोक्सीको घर’ र ‘मनसरा’ एकसाथ रिलिज गरेको छ । नेपालमा हलमा हेर्न नपाएका र विदेशमा रहने नेपालीहरूलाई लक्षित गरी रिलिज भएका यी दुवै फिल्म नेपाली समाजका गहिरा सामाजिक पक्षहरूलाई उजागर गरेका छन् ।

सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको ‘बोक्सीको घर’ ले नेपाली समाजमा विद्यमान ‘बोक्सी’ भन्ने कुप्रथालाई केन्द्रमा राखेर कथा प्रस्तुत गरेको छ । यसमा अभिनेत्री केकी अधिकारीले मुख्य भूमिका निर्वाह गरेकी छन्, जसमा उनले बोक्सीको आरोप खेप्नुपरेकी एक महिलाको पीडादायी अनुभवलाई जीवन्त रूपमा प्रस्तुत गरेकी छन् ।

यस्तै, उपेन्द्र सुब्बाको निर्देशनमा बनेको ‘मनसरा’ ले ग्रामीण जीवनको संवेदनशील पक्षहरूलाई उजागर गरेको छ । यसमा दयाहाङ राई, मिरुना मगर, मेनुका प्रधान, र प्रवीण खतिवडाले मुख्य भूमिका निर्वाह गरेका छन् । यो चलचित्र २०८१ साल वैशाख २१ गते हलमा रिलिज भएको थियो । यस चलचित्रमा काठ क्षेत्रका गरिखाने वर्ग र उनीहरूको सम्बन्धको आयामलाई देख्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्