फिल्म । अभिनेता प्रदीप खड्कालाई स्टार बनाउने सिरिजको रुपमा लिइएको प्रेम गीतको तेस्रो सिरिजमा राजेश हमाल देखिने भएका छन् । पछिल्लो समय फिल्मबाट टाढिएका राजेशलाई फिल्मको अफर गरिएको बुझिएको छ । उनले फिल्म खेल्नेमा आधिकारिकता नदिइसके पनि मौखिक सहमतिमा पक्का पक्कि भैसकेको बुझिएको छ ।
पछिल्लो समय टेलिभिजन शो ‘को बन्छ करोरपति’ मा व्यस्त रहेका राजेशले सिजनको समाप्तिपछी फिल्ममा अभिनय गर्ने योजना बनाएका छन् । उनले फिल्ममा प्रदीपको बुवाको भूमिका निर्वाह गर्ने बुझिएको छ । ‘लगभग कुरा तय भइसकेको छ , केहि दिनमै यसले आधिकारिकता पाउनेछ’ प्रेमगीतसँग जोडिएका एक व्यक्तिले बताए । प्रेमगीतलाई निर्देशक सुदर्शन थापाले निर्देशन गरेका थिए भने दोस्रो सिरिजका निर्देशक रामशरण पाठक हुन् । यसको तेस्री सिरिजलाई भने छेतेन गुरुङले निर्देशन गर्नेछन् । हिमाली सेटअपमा प्रेम र गीतको मायालाइ दर्शकले आभाष गर्न पाउनेछन् ।










