असारमा ‘१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२४’ आयोजना हुँदै

फिल्म । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजनामा आगामी असारको पहिलो साता काठमाडौंमा ‘१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२४’ आयोजना हुने भएको छ । यो महोत्सबको तयारी अन्तिम चरणमा पुगेको यसकी अध्यक्ष एवम् कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनकी प्रिन्सिपल डा. मञ्जु मिश्रले जानकारी गराएकी छिन् ।

महोत्सवका लागि यसपटक १५ भन्दा बढी अफ्रिकी मुलुकका चार दर्जन भन्दा बढी अफ्रिकन चलचित्र, लुघ चलचित्र तथा वृतचित्र समावेश भएका छन् । यी मध्य बढीमा एक दर्जन अफ्रिकी चलचित्रलाई समावेश गराईने भएको छ । महोत्सबमा प्राप्त अफ्रिन चलचित्रहरुलाई अहिले निर्णायकको टिमले हेरिरहेको छ ।

महोत्सवका लागि विभिन्न नेपाली चलचित्र, लघु चलचित्र, वृतचित्र, आदिवासी चलचित्र र विधार्थी चलचित्रहरु प्रदर्शन गरिने भएको छ । महोत्सवका लागि नेपालका चलचित्र, लघु चलचित्र, वृतचित्र, आदिवासी चलचित्र र विधार्थी चलचित्रहरु समावेश गर्ने अन्तिम मिति यही १५ जेठसम्म राखिएको यो महोत्सवका निर्देशक डब्बु क्षत्रीले जानकारी गराए ।

विगत झै यसपटक पनि यो महोत्सबलाई तीन दिनसम्म आयोजना गरिने आयोजक पक्षले जनाएको छ । महोत्सबमा चलचित्र प्रदर्शनसँगै विभिन्न विषयमा चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तरक्रियालगायतका विभिन्न कार्यक्रम रहेको छ ।

नेपाली र अफ्रिकन चलचित्रको सम्बन्धलाई जोड्दै दुई फरक महादिपको संस्कृति चलचित्रमार्फत आदन प्रदान गर्नको लागि यो महोत्सब आयोजना गर्दै आएको आयोजक पक्षले जनाएको छ । महोत्सवमा अफ्रिकन चलचित्रको बारेमा पनि अन्तरक्रिया गरिने भएको छ ।

कमेन्ट गर्नुहोस्