‘दोषी मन’ सार्वजनिक

संगीत । गायन रियालिटी शो नेपाल आइडलबाट उदाएका युवा गायक बिक्रम बरालको स्वर रहेको गीत ‘दोषी मन’ सार्वजनिक भएको छ । अनुप पहारीको शब्द र संगीत रहेको ब्लूज शैलीमा आधारित गीतको भिडियोमा सैलेश्वोरी सिंह ,गिरिश पोखरेल, नवल लामासंगै स्वयम गायक बिक्रमको अभिनय पनि रहेको छ ।सार्वजनिक भिडीयोमा मिलन राइको सम्पादन ,प्रिन्स श्रेष्ठको कलर ,लोक चन्द्र थापाको छायांकन रहेको छ। भिडियोलाई राजु गुरुङ्ले निर्देशन गरेका छन् ।

कमेन्ट गर्नुहोस्