फिल्म । आउँदो वर्षको तीजलाई प्रदर्शन घोषणा गरिएको फिल्म ‘जनै हराएको बाहुन’ को लाइनअपका बारेमा निर्माण पक्षले जानकारी दिएको छ । निर्माणपक्षले अभिनेत्रीमा केकी अधिकारी र मिरुना मगरलाई अनुबन्ध गराएको विज्ञाप्तिमार्फत जानकारी दिएको छ । अभिनेता विजय बराल, गौरव पहाडी र रियर राई यसअघि नै अनुबन्ध भइसकेका थिए ।
‘जनै हराएको बाहुन’मा विजयसँग जोडीका रूपमा यी दुई अभिनेत्रीमध्ये को हुने भन्नेबारे निर्माणपक्षले खुलासा गरिसकेको छैन । आमा र छोराबीचको इमोस्नल कथा भन्नेछ । यसले आमाको सुखका लागि छोराले गर्ने संघर्षको कथा भन्ने संकेत गरेको थियो ।
‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन् । उनको यो डेव्यु निर्देशन छन् । यसको एसोसियट निर्देशक ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । यसले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथालाई भन्नेछ ।
आदित्य फिल्मस् निर्माता रहेको फिल्ममा नवीन गुरुङ छायांकार, क्रियटिभ निर्देशक सम्राट महर्जन (ज्याक), भिएफक्स सुपरभाइजरको रुपमा मयंक निरौला रहेका छन् ।
यो वर्षको अन्त्यसम्ममा चलचित्र छायांकनमा जानेछ । यो चलचित्र आगामी वर्षको हरितालिका तीज अर्थात् भदौ १० गते रिलिज हुँदैछ । निर्माणपक्षका अनुसार यो सिनेमा नेपाल र ओभरसिज मार्केटमा एकै दिन रिलिज हुनेछ ।










